म्यानमारमा समीरलाई कांस्य

काठमाडौं । नेपालका समीर खड्गीले म्यानमारमा हुने दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।
म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेको नेपाली टोलीका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए ।
त्यसअघिको पहिलो चरणमा भने उनले घरेलु प्रतिद्वन्द्वी हेइन नान्द क्यावलाई पन्छाएको थिए । नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेलले जानकारी दिए । समीरले यसअघि नेपालमै भएको जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकाले सोही किसिमको लय अन्तर्राष्ट्रियस्तरमा पनि दोहोर्याउँदा पदक दिलाउन सफल भएको नेपाली टोलीका नेतृत्व राजकुमार गुरुङले बताए ।
नेपालका लागि ७० केजीमाथि प्रतिस्पर्धा गरेका नारायणलाल मोक्तान भने पदकविहीन भए । नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेल छन् ।
सोही च्याम्पियनसिपपश्चात् नेपाली टोलीका प्रमुख गुरुङले मंगलबारदेखि अन्तर्राष्ट्रिय पाँचौं डानको डान परीक्षासमेत दिने छन् ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


