काठमाडौं । दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्स कप अन्तर विधालय फुटसल प्रतियोगिता बिहिबारबाट सुरु हुने भएको छ ।
आयोजक ग्रासरुट फुटसल एकेडमीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ५ देखि ७ गतेसम्म हुने जनाएको छ ।
प्रतियोगितामा ८७ वटा विद्यालयको सहभागिता रहनेछ । जसमा सहभागी टोलीले यू-११, यू-१३ र यू-१५ गरि तीन क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । यसअघि पहिलो संस्करणमा यू-१२ र यू-१४ मा प्रतिस्पर्धा गराईएको थियो ।
प्रतियोगिता पाँच वटा फुटसल मैदान आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु ग्रासरुट फुटसल, सामाखुसी फुटसल, शान्तिनगर फुटसल,नेसनल स्पोर्ट्स सेन्टर फुटसल र बिजी ब्रदर्श फुटसलमा हुनेछन् ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
युवा खेलाडीहरुलाई व्यवसायिक र प्रतिस्पर्धात्मक वातावरणमा उनीहरुको खेल क्षमतालाई प्रदर्शन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक राजु श्रेष्ठले जानकारी गराए ।
यस्तै प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले खेलाडीहरुलाई हौशला बढाउने छन् ।