काठमाडौं । नेपालका सिमोन खत्रीले अष्ट्रेलियामा भएको भीकेएल सुकोकाइ कप कराते खुला च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
मेलबर्नमा पुरुष ७५ केजीमाथिको तौलसमूहमा सिमोनले रजत जितेका हुन् । फाइनलमा अष्ट्रेलियाका फिलिपसँग पराजित भएपछि सिमोन स्वर्ण जित्नबाट बन्चित भएका थिए ।
योसंगै सिमोनले सातौं अन्तराष्ट्रिय पदक जित्न सफल भएका छन् । यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् ।