काठमाडौं । उपत्यका ब्यापी कराँते प्रतियोगिताको आनन्द जागरुकका डोल्पा थिङ र मनोलिसा राईले स्वर्ण जितेका छन् ।
महिला २० केजी तौल समूहमा डोल्पाले आत्माबिकासकी उसला रुम्वालाई पराजित गदै स्वर्ण जितिन् । २५ केजी तौल समूहमा मनोलिसाले नरहरिपुरकी दिक्षा महत्तालाई पराजित गदै स्वर्ण हात पारिन् ।
त्यस्तै महिला ३० केजीमा हेम्सकी मिनाक्षी ढकुरीले नरहरिपुरकी खुसी अधिकारीलाई पराजित गदै पहिलो भईन् । महिला ३५ केजीको फाईनलमा भक्तपुरकी सिरुपा भोजुले क्वनमुकानकी मिनाक्षी चौधरीलाई हराउदै स्वर्ण हात पारिन् । महिला ४० केजीमा लैनचौरकी सोनु श्रेष्ठले गोजुरियोकी इसा ढुगांनालाई पराजित गदै स्वर्ण जितिन् ।
महिला ५० केजीमा लैनचौरकी मन्दिरा थापामगरले स्वर्ण जितिन् । महिला ५० केजीमा आयोजककी अप्सरा श्रेष्ठ पहिलो भईन् । महिला ५५ केजीमा आयोजककै सृदा थापा पहिलो भईन् । महिला ६१ केजीमा काठमाण्डौंकी छिरिङ्ग डोल्पा शेर्पा पहिलो भईन् । महिला ६८ केजीमा ठिमीकी श्रेया रन्जितकारले स्वर्ण हात पारिन् । महिला ६८ माथीको भिड्न्तमा आयोजकी रबिता तामाङ्गले स्वर्ण जितिन् त्यस्तै महिला एकल कातामा लैनचौरकी मन्दिरा थापामगरले स्वर्ण जितिन् ।
सातौ उपत्यकाब्यापी कराँते तथा किक बक्सिङ्ग प्रतियोगिताको पुरुष २० केजीमा लैनचौरका देश चौधरी,पुरुष २५ केजीमा निखिल पकुवाल,पुरुष ३० केजीमा भत्तपुर डोजोका सुभाष परियार,पुरुष ३५ केजीमा अभिशेक तामाङ्ग भत्तपुरले आ–आफ्नो तौल समूहमा स्वर्ण जितेका छन् ।
पुरुष ४० केजीमा लैनचौरका सुमन तामाङ्ग,पुरुष ४५ केजीमा नरहरीपुरका स्वनिम मानन्धर,पुरुष ५० केजीमा भत्तपुरका एरिस शर्मा,पुरुष ५५ केजीमा आयोजकका सबिन खत्री,पुरुष ६० केजीमा भत्तपुरका सोजन मधिकर्मी,पुरुष ६७ केजीमा आयोजक दिनेश नेपाली पहिलो भएका छन् ।
पुरुष ७५ केजीमा आयोजकका आशिष थापा,पुरुष ८४ केजीमा आयोजकका मुस्कान राज गौतम पहिलो भएका छन् । पुरुष एकल कातामा ठिमीका शिरिष श्रेष्ठले स्वर्ण हात पारेका छन् ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका नेपाल कराँते महासंघका सहअध्यक्ष दावा गुरुङ्गले गरेका थिए ।