काठमाडौं । कराते खेलाडी सञ्जोग वाइबाले अस्ट्रियन जुनियर ओपन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अस्ट्रियाको साल्सवर्गमा जुन २१ र २२ तारिखमा हुने प्रतियोगितामा सञ्जोगले ४० केजी तौलसमूह तथा एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सञ्जोगले जुन २२ मा खेल्ने छन् । सञ्जोगको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
प्रशिक्षकमा अन्तर्राष्ट्रिय मार्सल एसोसिएनका प्रमुख प्रशिक्षक एवं अध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन् । टोली जुन २० तारिखमा अस्ट्रिय प्रस्थान गर्ने छ ।