काठमाडौं । नेपाल उमेन्स बास्केटबल लिगमा प्रतिस्पर्धा गरिरहेको टिम समृद्धि गोरिल्लाजलाई भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरले प्रायोजन गरेको छ ।
समृद्धि गोरिल्लाज र भाटभटेनीबीच बुधबार एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । भाटभटेनीले समृद्धिलाई पाँच लाख बराबरको नगद र जिन्सी सामान प्रदान गर्नेछ ।
सम्झौता पत्रमा समृद्धिका म्यानेजर सन्तोष ताम्राकार र भाटभटेनीका म्यानेजिङ डिरेक्टर कल्याण गुरुङले हस्ताक्षर गरे ।सम्झौतासंगै समृद्धिले अब भाटभटेनी समृद्धि गोरिल्लाजको नामबाट प्रतियोगिता खेल्नेछ ।
नेपाल उमेन्स बास्केटबल लिगमा समृद्धि अपराजित रहेको छ । समृद्धिले लिगमा लगातार चार जित निकालेको छ ।