कराँते एकेडमीको उद्घाटन

काठमाडौं । कराँते खेलको नव निर्मित नेपाल कराँते एकेडमीको औपचारिक उद्घाटन गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बुधबार कराँते एकेडमीको उद्घाटन गरे ।
ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा कुल ७ करोड ६२ लाख लागतमा कराँते एकेडमी निर्माण गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्माण गरेको एकेडमीमा १२ वटा कोठा रहेको छ । यस्तै २ कक्षाकोठा, २ वटा चेन्जिङ कोठा रहेको छ । यस्तै एकेडमीमा ३५० दर्शक क्षमताको कराँते हल र ५० जना अट्ने भीआईपी प्याराफिट रहेको छ ।
एकेडमीलाई कराँते महासंघले होस्टलको रुपमा परिस्कृत गरेर लैजाने जनाएको छ । यो एकेडमी महासंघको स्वामित्वमा रहनेछ ।
यो एकेडमी निर्माण बनेसंगै खेलाडीहरुले बार्है महिना अभ्यास तथा प्रशिक्षण गर्न पाउने छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले यस हलको निर्माणले कराँते खेलले थप सफलता पाउने आशावादी रहेको बताए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)