आईएसओको पहिलो जित
मंगलबार, जेठ २१, २०७६खेलपाटी संवाददाता

काठमाडौं । आईएसओ काइटले उमेन्स नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा साईपल एकेडमीलाई ७२-६३ स्कोरले पराजित गर्दै आईएसओले पहिलो जित दर्ता गरेको हो ।
आईएसओको जितमा विदेशी खेलाडी अल्लाना मे लिमले उत्कृष्ट प्रदर्शन गरिन् । प्लेयर अफ दि म्याच बनेकी उनले २७ स्कोर गरिन् ।
जितसंगै आईएसओले ३ खेलबाट ४ अंक जोडेको छ । यसअघि आईएसओले लगातार दुई खेल गुमाएको थियो । साईपलको यो लगातार तेस्रो हार हो ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

