केभीकेएसएस बास्केटबलमा निम्सलाई उपाधि
सोमबार, जेठ २०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । निम्सको छात्र तथा छात्रा दुवै टिमले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
सोमबार भएको फाईनलमा छात्र तर्फ निम्सले मोष्ट भ्यालुएबल खेलाडी राजन डङ्गोलको १४ अंकको सहयोगमा टिआईएलाई ५५ – ५१ को झिनो अन्तरले पराजित गर्दै उपाधी उचालेको हो ।
यस्तै छात्रा तर्फ पनि निम्सले मोष्ट भ्यालुएबल खेलाडी डोल्मा तामाङ्गको १५ अंक मद्धतमा भ्याली पब्लिकलाई ३५ – २४ अंकले पराजित गर्दै उपाधी हात पारेको हो ।
बिजयी टिम तथा खेलाडीहरुलाई आयोजक काठमाण्डौ ज्ञानकुञ्ज, टोखाका अध्यक्ष रोहित माथेले मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

