निम्सको दुवै टिम उपाधी नजिक
सोमबार, जेठ २०, २०७६खेलपाटी संवाददाता
काठमाडौं । निम्सको छात्र तथा छात्रा दुवै टिम तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधी नजिक पुगेका छन् ।
आईतबार सम्पन्न भएको सेमिफाईनलमा छात्र तर्फ निम्सले अमृत तामाङ्गको १८ अंकको मद्धतले ग्रिन्ल्याण्डलाई ६४ – ४७ अंकले पराजित गर्दै उपाधी निकट पुगेको हो । यस्तै छात्रा तर्फ पनि निम्सले स्किबस्लाई डोल्मा तामाङ्गको १६ अंक मद्धतले ३६ – २७ ले पाखा लगाउँदै फाईनल प्रवेश गरेको हो ।
छात्र तर्फ फाईनल प्रवेश गर्ने क्रममा टिआईएले सम्राट गुरुङ्गको २१ अंकको सहयोगमा गोल्डेनपिकलाई ५५ – ३८ अंकले पराजित गर्यो ।
छात्रा तर्फ भ्याली पब्लिकले एचएचसिएलाई ३० – १९ ले पराजित गर्दै उपाधी भिडन्तमा निम्स संगको भेट पक्का गर्यो । भ्यालीको जितमा सुस्मिता ढकालले १८ अंकको योगदान गरिन् ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

