काठमाडौं । प्रथम लुम्बिनी एसइइ एपियर्ड फुटसल प्रतियोगितामा इरोस एजुकेशनले विजयी सुरुआत गरेको छ ।
शुक्रबार लुम्बिनी कलेजको फुटसल मैदान चुच्चेपाटीमा भएको खेलमा इरोसले आयोजक लुम्बिनी स्कुललाई ४–२ ले निराश पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगितामा छात्रतर्फ ६१ र छात्रातर्फ ९ विद्यालयको सहभागीता जनाउने छ । प्रतियोगिताको दुवै विधाको विजेता, उपविजेता र तेस्रो हुने टोलीले शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई कक्षा ११ मा उचित छात्रावृतीको व्यवस्था गरिएको कलेजका प्रिन्सिपल रविन्चन्द कोइरालाले जनाकारी दिए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङ, राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी र अभिनेत्री नम्रता सापकोटाले संयुक्त रुपमा गरेका थिए ।