हेराल्ड कप शुक्रबारबाट
शुक्रबार, जेठ १७, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । हेराल्ड इन्टरनेसनल कलेजको अयोजनामा दोश्रो हेराल्ड कप एसइइ बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा ब्वाइजतर्फ ६० र गल्र्समा ४० गरी १ सय टिमको सहभागिता रहने हेराल्डका क्याम्पस प्रमुख नारायणप्रसाद उपाध्यायले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने हेराल्डका इसीए इन्चार्ज मदनप्रसाद फुयालले जानकारी दिए । ब्वाइजमा ग्रेट माया तथा गल्र्समा लुम्बिनी साविक विजेता हुन् । फाइनल सोमबार हुनेछ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)