काठमाडौं । पहिलो संस्करणको मेयर कप आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालका खेलाडीले सबै स्पर्धामा स्वर्ण जितेको छ । मंगलबार राति सम्पन्न प्रतियोगितामा नेपालका खेलाडीले सबै ७ स्पर्धामा स्वर्ण जितेका हुन् ।
नेपाल ईन्टरनेसनल क्योकुशिनकाई कराँते संघले आयोजना गरेको प्रतियोगिता नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका २ सय बढी खेलाडी सहभागि थिए ।
प्रतियोगिताको ३५ केजी मुनि पुरुष तौल समुहमा पासाङ्ग शेर्पा पहिलो भए । नवराज दोस्रो हुदाँ सोहित अन्साली तेस्रो भएका थिए । ४० केजी मुनि पुरुष तौल समुहमा अनमोल माझीले स्वर्ण जिते । मदन थापा मगर दोस्रो भए । अपरित मोक्तानले काँस्य हात पारे ।
५० केजी मुनि पुरुषको तौल समुहमा जुगली कुमार दास पहिलो भए । बुद्व लामाले दोस्रो र श्रावण प्रजाले तेस्रो स्थान हात पारे । ६० केजी मुनि पुरुष तौलम समुहमा बिश्व स्याङ्गतान पहिलो भए । थिम प्रकाश दोस्रो र अनिल बराल तेस्रो भए ।
६० केजी माथि तौल समुहमा निर्मल बहादुर केसी पहिलो भए । दोस्रोमा गोबिन्द रोका र तेस्रो मा विवेक कुमार मेहता भए । ४५ केजी माथि महिला स्पर्धामा वितिसा शर्मा पहिलो भईन् ।
४५ केजी मुनि महिला स्पर्धामा रितु धलान पहिलो, सुनिता थापा मगर दोस्रो र बुद्विमाया घलान तेस्रो भएकी थिईन् ।
प्रतियोगितामा दक्षिण एसियाली देशबाट २ सय बढी खेलाडीले सहभागीता जनाएको आईकेकेएफका नेपाल प्रमुख तथा प्रतियोगिता संयोजक राम बाेश श्रेष्ठले जानकारी दिए ।