काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा ११ औं जित निकालेको छ ।
मंगलबार भएको खेलमा आर्मीले साउथ साइडर्स बास्केटबल क्लबलाई ९२-७१ को स्कोरले पराजित ११ औं जित निकालेको हो ।
आर्मीको जितमा रोबिन खत्रीले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका उनले २१ स्कोर गरे ।
जितसंगै आर्मीले १२ खेलबाट २३ अंक जोडेको छ । साउथ साइडर्सको १२ खेलबाट १३ अंक रहेको छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।