वादोरियो करातेका प्रमुख निसुमुरा नेपालमा
आइतबार, जेठ १२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल वादोरियो कराते डो संघको निमन्त्रणामा युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसुमुरा आइतबार नेपाल आएका छन् ।
वादोरियो कराते डो संघको आयोजनामा हुने चौथो अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगिता तथा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षणका लागि निसुमुरा नेपाल आएका हुन् ।
प्रतियोगिता जेठ १४ र १५ गते तथा विशेष प्रशिक्षण जेठ १३ गते बसुन्धारास्थित यती पार्टी प्यालेसमा हुँदैछ । प्रशिक्षणमा विभिन्न राष्ट्रका ७५ जनाको सहभागिता रहने वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।
निसुमुरालाई वादोरियो कराते संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)