काठमाडौं । ग्रेट मायाले तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
नयाँ बजारस्थित प्राइज कलेजको कोर्टमा भएको फाइनलमा ग्रेट मायाले साउथ साइडर्सलाई ६३–३५ ले पराजित गर्यो । विजयी टिमका लागि सागर तामाङले २७ अंक जोडे । सागर नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले १० हजार नगद पुरस्कार हात पारे ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा पिपुल्सले तेश्रो स्थानमा चित्त बुझायो । पिपुल्सले कीर्तिपुरलाई ४६–४१ ले हरायो । पिपुल्सका सन्चित विन्दुले १२ स्कोर गरे ।
विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
जेठ २ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।