काठमाडौं । नेपालमा पहिलो संस्करणको मेयर कप आई.के.के.एफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।
आयोजक नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १३ र १४ गते हुने जानकारी गराएको छ ।
भक्तपुरको दुई पोखरी थिमीमा आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बसोबास,खाना तथा खाजा खर्च आयोजकले व्यहोर्ने आई.के.के.एफको नेपाल प्रमुख तथा प्रतियोगिता संयोजक राम श्रेष्ठ (बोस) ले जानकारी गराए ।
प्रतियोगितामा नेपाल र विदेशका गरि २ सय बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको पुरुषतर्फ ३५,४०,५०,६० केजी मुनि र ६० केजी माथि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४५ केजी मुनी र ४५ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेतालाई पदक, शिल्ड, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ ।