ग्रेट माया र साउट साइडर्स फाइनलमा
बिहिबार, ०९ जेठ २०७६खेलपाटी संवाददाता
काठमाडौं । ग्रेट माया र साउथ साइडर्स तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
ग्रेट मायाले कीर्तिपुरलाई ४७–३५ ले पराजित गर्यो । विजयी टिमका लागि आयुश महर्जनले १४ अंक जोडे ।
अर्को सेमिफाइनलमा साउथ साइडर्सले पिपुल्सलाई ६५–५४ ले हरायो । साउथ साइडर्सका सिजन महतले १८ स्कोर गरे । फाइनल शुक्रबार हुनेछ ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


