काठमाडौं । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ ।
आयोजक तोयाकान नेपाल बादो-रियो कराते डो संघ केन्द्रीय समितिले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १० र ११ गते आयोजना हुने जानकारी गराएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ हुने प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित गोकर्णेश्वर ब्यांकेटको हलमा हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ४०० खेलाडीहरु र ४० जना अफिसियल सदस्यहरुले सहभागिता जनाउने तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले जानकारी गराए ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा नेपाल, भारत ,श्रीलंका, बंगलादेश, जापान र पाकिस्तानका खेलाडी सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा काता र कुमिते गरि ३० विधामा ३० स्वर्ण, ३० रजत र ६० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र उत्कृष्ट हुनेलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै किक बक्सिङतर्फ पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन् ।
कार्यक्रमको दौरान बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने समेत आयोजकले जनाएको छ ।
