किरणलाई स्वर्ण
शुक्रबार, जेठ ३, २०७६खेलपाटी संवाददाता
काठमाडौं । ब्वाइज युनियन तेक्वान्दो डोजाङका किरण तामाङले प्रथम न्यु जावलाखेल राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
न्यु जावलाखेल तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको पुरुष ३१ केजीमुनि फाइनलमा किरणले बुटवलका आर्यन सिद्धिकीलाई पराजित गरे ।
पुरुष ३४ केजीमुनि फाइनलमा जुम्लाका रोशन न्यौपानेले बुटवलका प्रकाश खासुलाई हराउदै स्वर्ण जिते । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।
तीनदिने प्रतियोगितामा ४० टिमका ५ सय ९६ खेलाडीले विभिन्न ३६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)