काठमाडौं । सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर खेलाडी सुबास तामाङ अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा मंगलबार पहिलो दिनको लिडर जयराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै सुबासले अग्रता बनाएका हुन् ।
दोस्रो दिन अग्रता बनाउने क्रममा सुबासले कुल ६ अण्डर १३८ स्कोर गरे । उनले मंगलबार ३ अण्डर ६९ स्कोर कार्ड बनाएका थिए ।
जयरामले कुल ४ अण्डर १४० स्कोरकार्ड बनाए । यस्तै अर्का एमेच्योर खेलाडी शुक्र राईले कुल ४ अण्डर १४० स्कोरकार्ड बनाए ।
प्रतियोगितामा ४० प्रोफेसनल र २० एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले २ लाख २० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ४० हजार पाउने छन् । यस्तै तेस्रोले ९५ हजार र शीर्ष २४ स्थानको खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।