काठमाडौं । प्रथम वडाअध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगितामा बादोकाइ कराते टिम पहिलो भएको छ ।
उपाधि जित्ने क्रममा वादोकाइले ९ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेको हो । उपाधि विजेता टोलीले २५ हजार रुपैया पुरस्कार पायो ।
गोदावरी नगरपालीका वडा नम्बर चार र बडीखेल शाखा डोजोको संयुक्त आयोजानमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण ४ रजत र ७ कास्य सहित ग्लोवल भिजन स्कलर स्कुल नागर्जून टिम दोश्रो भयो ।
उपविजयी टोलीले १५ हजार रुपैया पुरस्कार पायो । आयोजक बडीखेल डोजो ३ स्वर्ण ३ रजत र ७ कास्य सहित तेश्रो भयो । वडिखेल डोजोले १० हजार रुपैया पुरस्कार पायो ।
प्रतियोगितामा त्यसैगरी नेपाल कराते महासंघ अन्तर्गत रहेका विभिन्न राष्ट्रिय संघहरु खेलाडीहरु, विभिन्न जिल्ला तथा शाखा डोजोहरु गरि जम्मा ३ सय ७४ जना खेलाडीहरुको सहभागिता थियो ।
प्रतियोगिताको पुरुष तर्फ गोदावरी डोजोका शुभ सिल्वाल र महिला तर्फ आयोजक बडीखेल डोजोका उर्शला पहरी सर्वाेत्कृष्ट खेलाडी भए । उनीहरुले ३ हजार रुपैया पुरस्कार पाए ।
त्यसैगरी उदियमान खेलाडीमा महिला तर्फ सिन्धुपाल्चोकका ज्यानु तामाङ र पुरुष तर्फ हायासी हा सितोरियो करातेका मिलन तामाङ घोषित भए । उनीहरुले २ हजार रुपैया पुरस्कार पाए । प्रतियोगितामा अनुशासित टिम के जेट आई वादोरियो कराते टिम बन्न सफल भएको छ ।
सोही अबसरमा आयोजित खुल्ला पुरुष किक बक्सिङ प्रतियोगितामा गोदावरी डोजोका सोनम थिङ तामाङले बडीखेल डोजोका सुवास पहरीलाई फाइनलमा पराजित गरि पहलिो भए । सोनमले १० हजार तथा सुवासले ५ हजार रुपैया पुरस्कार पाए । किक बक्सिङमा थानकोट डोजोका भिम शाक्य र महांकालका आयुस न्यौपाने तेश्रो भए । तेश्रो हुने खेलाडीले २ हजार रुपैया पुरस्कार पाए ।