लैनचौरकाे डाेजाेलाई उपाधि
शनिबार, बैशाख १४, २०७६खेलपाटी संवाददाता
काठमाडौं । छैटौं राष्ट्रिय खुला गिरीजाप्रसाद कोइराला स्मृति कराँते प्रतियोगिताको उपाधि आयोजक नेपाल सितोरियो कराँते संघ शाखा डोजो लैनचौरले जितेको छ ।
शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लैनचौरले ५ स्वर्ण, ५ रजत र ८ काँस्य पदक जित्यो ।
४ स्वर्ण, २ रजत र २ काँस्यसाथ मनमहेश्वरी दोश्रो भयो । तेश्रो स्थानको ब्लेसले ४ स्वर्ण र ४ कांस्य हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङ, नेपाल कराँते महासंघका महासचिव हरिशरण केसी, नेपाल कराँते महासंघका उप–महासचिव ओमकृष्ण प्रसाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
यसअघि प्रतियोगिताअन्तर्गत भएको स्कुलतर्फ १० स्वर्ण, १२ रजत र २ कांस्य जित्दै न्यु लिरा टिम च्याम्पियन बनेको थियो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






