दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेको कुमुतेमा जिया कार्की र मिस्ली श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् ।
दाङको तुलसीपुरमा महिला ४२ के.जी. कुमुतेतर्फ एपीएफकी जियाले स्वर्ण पदक हात पारेकी हुन् । त्यस्तै आर्मीकी कुशुम खड्काले रजत जित्दा प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पारे ।
५० केजी महिला कुमुतेतर्फ आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । त्यस्तै एपीएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिशा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते ।
त्यस्तै ५० केजी पुरुष कुमुते तर्फ पुलिसका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका विर बहादुर तामाङले रजत जित्दा प्रदेश नं ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात पारे ।