काठमाडौं । पाँचौं उपत्यकाव्यापी सिन क्योकोसन कराते प्रतियोगिताको छात्र २५ केजी तौल समूहमा साहिल अन्सारीले स्वर्ण जितेका छन् ।
नेपाल सिन क्योकोसिन कराते डो संघ चाल्नाखेलको आयोजनामा भएको प्रतियोगितामा आयुष नगरकोटी दोस्रो र आर्यन थापा तेस्रो भए ।
यसैगरी ३० केजीमा सरोज तामाङ, विनयकुमार नगरकोटी र साजन नगरकोटी पहिलो, दोस्रो र तेस्रो भए । पुरुषकै ३५ केजीमा सोहेल अन्सारीले स्वर्ण, मनिष सुनारले रजत र सरोज लामाले कांस्य पदक जिते । ४० केजीमा प्रजोल बस्नेत, प्रजोल कटुवाल र राजकुमार तिवाले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
यसैगरी महिला ३३ केजी तौल समूहमा प्राप्ति कुइँकेलले स्वर्ण, जेनिसा तामाङले रजत र श्रेया डंगोलले कांस्य जिते । महिलाकै ४० केजीमा प्रोसिमा कार्की, संजनी बस्नेत र रिया विक पहिलो, दोस्रो र तेस्रो भए ।
विजेतालाई प्रतिनिधिसभाका सांसद राजेन्द्रकुमार केसी, जापानका जेबी सुजुतो, नेपाल सिन क्योकोसिन कराते संघका ब्रान्च चिफ सूर्य बुढाथोकी र आयोजक डोजोका प्रमुख विनोद गुरुङले पुरस्कार प्रदान गरे ।