काठमाडौं । नेपाल सिन क्योकुसिन कराँते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता भोलीबाट हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलमा हुनेछ ।
सोही दौरान पाँचौं उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ । पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा नै भिडन्त हुनेछ ।
दुवै प्रतियोगितामा गरी १ सय ६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताका दौरान रेफ्री सेमिनार र डान परीक्षा पनि जापानका जेबी सुजुतोले सञ्चालन गर्ने छन् ।