काठमाडौं । नेपालकी सुस्मी श्रेष्ठले २९ औं ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी छन् ।
नेदरल्याण्डमा सम्पन्न च्याम्पियनसिपमा सुस्मीले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी गराए ।
नेदरल्याण्डको हेगमा भएको च्याम्पियनसिपआम सुस्मीले घरेलु खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसंग अंकको आधारमा चुकेपछि सुस्मी कांस्यमै सिमित भइन् ।
प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।