आठौँका लागि सुदूरपश्चिमबाट १३ कराते खेलाडी छनोट
बुधबार, फागुन २९, २०७५खेलपाटी संवाददाता

धनगढी । प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट करातेतर्फ १३ खेलाडी छनोट भएका छन् । करातेको विभिन्न विधामा पुरुष र महिला गरि १३ खेलाडी छनोट भएका हुन् ।
आठौंका लागि कुमुते (फाईट) तर्फ पुरुषमा ५५ किलोमा कमल वली, ६० किलोमा जगतसिह धानुक, ६७ किलोमा दिनेशराज पनेरु, ७५ किलोमा लोकेश पार्की र ८४ किलो भन्दा माथिमा सागर शाही छनोट भएका छन्।
यस्तै सोही विधाको महिलामा ४५ किलोमा बर्षा साउद, ५० किलोमा पुष्पा मडै र ६८ किलोमा शर्मिला घर्तीमगर छनोट भएका छन्।
यस्तै एकल कातामा पुरुष तर्फ ललित खत्री र महिला तर्फ बर्षा साउद छनोट भए । यस्तै टिम कातामा शेर वहादुर धानुक, धर्मेन्द्र रेग्मी र जगतसिह धानुक छनोट भए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






