बाँके । पौडीका अविरल भण्डारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँच नम्बर प्रदेशबाट छनोट भएका छन् ।
पाँच नम्बर प्रदेशमा नै आयोजना हुने आठौंको छनोट अन्तर्गत नेपालगंजका भण्डारीले २०० मिटर ब्यक्तिगत मिड्ले तथा १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पार्दै छनोट भएका हुन् । भण्डारी १०० मिटर बटरफ्लाईमा दोश्रो र ५० मिटर फ्रिस्टायलमा तेश्रो भएका थिए ।
महिलातर्फ सुप्रिया रावल ५० र १०० मि. फ्रिस्टायल, ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण हात पार्दै आठौका लागि छनोट भईन् ।
प्रदेश पाँचबाट छनोट हुन सफल अन्य पौडी खेलाडीहरुमा खेमराज थापा, सुमन न्यौपाने, सुवेश घर्ती, रेजन बिष्ट, अमित रावल, कुशल बञ्जारा, प्रतिक बडुवाल, बिशेष सिंह, दिवश रेगामी, करुण शर्मा, अजय परियार रहेका छन् ।
यस्तै महिलातर्फ छनौट हुन सफल अन्य खेलाडीहरुमा नम्रता कार्की, सुमी शाही, दिपा कर्ण, प्रेरणा शर्मा रहेका छन् । छनोट हुन सफल सवै खेलाडी बाँके जिल्लाका रहेका छन् ।
छनौट प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गरेका थिए ।