पोखरा । पौडीमा बागलुङका दाजुभाई सागर र किरण नायक आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट छनोट भएका छन् ।
पोखरामा आयोजना भएको पौडी छनोट प्रतियोगितामा सागरले २०० मिटर ब्यक्तिगत मिड्ले, १०० मि. फ्रिस्टायल, बटरफ्लाई, ब्याकस्ट्रोक र ब्रेष्ट स्ट्रोक गरि पाँच स्पर्धामा पाँच स्वर्ण सहित पाँचौ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।
यस्तै उनका भाई किरण २०० मिटर ब्यक्तिगत मिड्ले, १०० मि.ब्याकस्ट्रोक र ५० मि. र १०० मिटर बटरफ्लाईमा दोश्रो स्थान हात पार्दै छनोट भएका हुन् ।
त्यस्तै पुरुषतर्फ शिद्धान्त गुरुङ (कास्की), अर्जून नेपाली (कास्की), अंकित क्षेत्री (कास्की), कुशल पाठक (स्याङ्कजा), विदित पौडेल (कास्की), कुशल खनाल (स्याङ्कजा), निश्चल श्रेष्ठ (कास्की), सुदत बुद्धाचार्य (कास्की), विनम्र वाग्ले (तनहुँ) र सलिप श्रेष्ठ (कास्की) बाट छनोट भए ।
महिलातर्फ छनोट भएका सबै खेलाडी कास्कीका छन् । जसमा रुवी तामाङ, जमुना गुरुङ , विरङ्कना खत्री, सविना कार्की, अंकिता क्षेत्री, आयुश्री पहारी र प्रियंका गुरुङ छन् ।