काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने कराते खेलाडीको टुंगो लागेको छ ।
पुरुषको ५० केजीमा सिरहाका आकाश थापा मगर, ५५ केजीमा सर्लाहीका दिनेशबहादुर घिसिङ, ६० केजीमा सिरहाका स्वतन्त्र मगर, ६७ केजीमा सर्लाहीका रोहित बुढाथोकी, ७५ केजीमा सर्लाहीका कमल यस्माली, ८४ केजीमाथि सप्तरीका सुरेश श्रेष्ठ, ८४ केजीमुनि पर्साका अविनाश चौधरी, एकल कातामा धनुषाका मोहम्मद बब्लु राइन तथा टिम कातामा धनुषाका बब्लुसहित राज तोलाङगी र विशाल कोइराला छनोट भए ।
महिला ४५ केजीमा सर्लाहीकी मिरा योञ्जन, ५० केजीमा सर्लाहीकी एलिशा तामाङ, ५५ केजीमा सिरहाकी गीता बानियाँ, ६१ केजीमा सिरहाकी खुश्बु खड्का, ६८ केजीमुनि रौतहटकी सुधा थिङ, ६८ केजीमाथि महोत्तरीकी सन्ध्या लुहागुन, एकल कातामा सर्लाहीकी मिरा योञ्जन तथा टिम कातामा महोत्तरीका झरना राना, दिलकुमारी राणा र अप्सरा योञ्जनले आठौं राष्ट्रिय खेलकुदमा स्थान पक्का गरे ।