बारा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः चौरसिया
शनिबार, ३० जेठ २०८३खेलपाटी संवाददाता

निजगढ। बारा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रभातकुमार चौरसिया पुनः चयन भएका छन्।
कलैयामा शनिबार सम्पन्न संघको सातौं अधिवेशनले चौरसियाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
संघको नवगठित कार्यसमितिको उपाध्यक्षमा दिनेश श्रेष्ठ,सचिवमा सुवास जयसवाल,कोषाध्यक्षमा जितेन्द्र यादव चयन भएका छन्। त्यसै गरी सदस्यहरूमा अनिल चौगाई,गणेश शाह,पवन अग्रवाल,समीर ठाकुर,तसिरुद्धिन मिया मन्सुर,मोहम्मद सबिर,जटाशंकर सराफ,दीपेश श्रेष्ठ,मुकेश उपाध्याय र समीर क्षेत्री थापा चयन भएका छन्।















