चितवनले गर्यो कुशलसहित ७ खेलाडी रिटेन
शुक्रबार, २९ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सात खेलाडीलाई टोलीमा यथावत् राख्ने निर्णय गरेको छ।
राइनोजले राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ललाई निरन्तरता दिएको छ। उनी टोलीका मार्की तथा कप्तान हुन्। उनीसँगै दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमलसिंह ऐरी, रञ्जित कुमार र अर्जुन साउदलाई पनि टोलीमा राखिएको चितवनले जनाएको छ।
पहिलो संस्करणमा चितवन इलिमिनेटरसम्म पुगेको थियो। तर, कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो। दोस्रो संस्करणमा भने चितवन आठ टोली सहभागी प्रतियोगितामा सातौं स्थानमा रहेर लिग चरणबाटै बाहिरिएको थियो।
अब टोलीले बाँकी खेलाडी आगामी अक्सनबाट लिनेछ।















