ललिता एफआईभीबी लेभल–१ भलिबल प्रशिक्षक कोर्षमा उत्तीर्ण
शुक्रबार, २९ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी ललिता नाथले एफआईभीबी लेभल–१ भलिबल प्रशिक्षक कोर्ष उत्तीर्ण भएकी छन्।
विश्व भलिबल महासंघ (एफआईभीबी) द्वारा गत जुन ८ देखि १२, २०२६ सम्म थाइल्यान्डस्थित एफआईभीबी डेभलपमेन्ट सेन्टरमा उक्त कोर्ष सञ्चालन भएको थियो।
उक्त अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्षमा सहभागी नाथले आवश्यक सबै शैक्षिक तथा व्यावहारिक मूल्यांकन पूरा गर्दै प्रमाणपत्र प्राप्त गरेकी हुन्। उनी न्यु डायमन्डकी सहायक प्रशिक्षकसमेत हुन्।















