नेपाल क्वार्टरफाइनलमै पराजित
बुधबार, २७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा पराजित भएको छ।
एसिया कपमा पुग्न जित्नैपर्ने खेलमा नेपालले ५६ रनले पराजित भएको हो। योसँगै नेपाल एसिया कपमा पुग्न असफल भएको छ। १३१ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो।
थाइल्यान्डसँग नेपालको यो नवौं हार हो। २०१९ यताका कुनै पनि खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेको छैन।











-1785038983464.webp&w=3840&q=75)




