एसिया कपमा पुग्न जित्नैपर्ने खेलमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य
बुधबार, २७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। एसिया कपमा पुग्न जित्नैपर्ने खेलमा नेपालले १३१ रनको लक्ष्य पाएको छ। एसीसी प्रिमियर कपअन्तर्गत क्वार्टरफाइनलमा थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको हो।
थाइल्यान्डकी विकेटकिपर ब्याटर नान्नापट खोन्चारोएनकाइले अविजित ६२ रनको उत्कृष्ट इनिङ्स खेलिन्। उनले ५१ बलमा ६ चौका प्रहार गरिन्। अपिसारा सुवान्चोनराथी ४ रनमा अविजित रहिन्।
फान्निटा मायाले २१ बलमा २६ रन जोड्दा चानिडा सुथिरुआङले २७ बलमा १६ रन बनाइन्। कप्तान नारुएमोल चाइवाइले ८ रनको योगदान दिइन् भने नत्थाकान चन्थाम १ रनमै आउट भइन्।
नेपालका रुविना क्षेत्री, कविता कुँवर र रिया शर्माले समान १/१ विकेट लिए। रुबिनाले ४ ओभरमा मात्र ११ रन खर्चिंदै किफायती बलिङ गरिन्।











-1785038983464.webp&w=3840&q=75)




