अपराजित नेपाल
बिहिबार, २१ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल अपराजित रहँदै एसियन गेम्सको छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियालाई १६७ रनले हराएको हो। योसँगै नेपालले २ खेलमा ४ अंक जोड्यो। यसअघि नेपालले चीनलाई २२१ रनले पराजित गरेको थियो।
मलेसिया पनि सेमिफाइनलमा पुगिसकेको छ। अब नेपालले हङकङ र ओमानबीचको विजेतासँग खेल्नेछ। नेपालले दिएको २७६ को विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा समेटियो।
मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक ५४ रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे। शर्विन मुनियान्डी १८ र मुहम्मद हाजिक आइमान १३ रनमा आउट भइए।
नेपालका शेर मल्लले सर्वाधिक ३ विकेट लिए।















