दीपेन्द्रलाई उछिन्दै कुशलले कायम गरे कीर्तिमान
बिहिबार, २१ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। ओपनर कुशल भुर्तेलले टी–२० आईमा सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।
उनले कप्तान दीपेन्द्रसिंह ऐरीलाई उछिनेका हुन्। सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा १२९ रन बनाएसँगै उनले आफ्नो कीर्तिमान कायम गरेका हुन्।
२०२१ मा डेब्यु गरेका कुशलले ७८ खेलमा ३ शतक र १४ अर्धशतकसहित २२४० रन बनाएका छन्।
उनीभन्दा २० खेल बढी खेलेका दीपेन्द्रले भने १ शतक र १२ अर्धशतकसहित २२११ रन बनाएका छन्।















