मलेसियालाई नेपालको विशाल लक्ष्य
बिहिबार, २१ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। ओपनर कुशल भुर्तेलको शतकसँगै नेपालले एसियन गेम्स छनोटमा मलेसियालाई २७६ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। मलेसियालाई नेपालले दिएको यो अहिलेसम्मकै कीर्तिमानी लक्ष्य हो।
नेपालका कुशलले सर्वाधिक १२६ रन बनाए। ५४ बल खेलेका उनले १४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको योगदान दिए।
यी दुईबीच पहिलो विकेटका लागि १३४ रनको साझेदारी भएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी ३१ र सन्दीप जोरा १५ रनमा आउट हुँदा अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्।















