५ दिनमै कुशलको दोस्रो शतक
बिहिबार, २१ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीका ओपनर कुशल भुर्तेलले ५ दिनको अन्तरालमै दोस्रो शतक प्रहार गरेका छन्।
सिंगापुरमा जारी एसियन गेम्स छनोटमा उनले मलेसियाविरुद्ध अर्को शतक प्रहार गरेका हुन्।
उनले ४४ बलमा १० चौका र ७ छक्कासहित यो उपलब्धि पूरा गरे। ३१ मेमा मात्र उनले चीनविरुघ १२९ रनको इनिङ्स खेलेका थिए।
योसँगै टी–२० आईमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी बनेका छन्। उनको नाममा ३ शतक छ।















