सान्त्वना जितसहित श्रीलंकाको यात्रा समाप्त
सोमबार, ११ जेठ २०८३खेलपाटी संवाददाता
-1779697258799.jpg&w=3840&q=75)
काठमाडौं। श्रीलंकाले नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा सान्त्वना जित निकालेको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो।
योसँगै श्रीलंकाले ३ अंक हात पारेको छ। यसअघि श्रीलंकाले इरान र कजाकिस्तानसँग सोझो सेटमा हार बेहोरेको थियो। बंगलादेशले भने यी सबै टोलीसँग निराशाजनक नतिजा बेहोर्यो।
अन्तिम खेलमा श्रीलंकाले पहिलो सेटदेखि नै दबाब कायम राख्यो। श्रीलंकाले २५–१९, २५–९ र २५–१३ को जित निकाल्यो।











-1785038983464.webp&w=3840&q=75)



