सहज जितसँगै नेपाल सेमिफाइनलमा
आइतबार, १० जेठ २०८३खेलपाटी संवाददाता
-1779625836652.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो।
नेपालले तीन खेलबाट सात अंक जोड्यो। पहिलो खेलमा भारतसँग नेपाल ३–२ को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सोझो सेटमा जित हात पार्दै नेपालले प्रतियोगितामा पुनरागमन गरेको थियो।
नेपालले तेस्रो सेटबाहेक अन्य सहजै आफ्नो पक्षमा पार्यो। पहिलो र दोस्रो सेट २५–१२ र २५–९ ले जितेको थियो।
तेस्रो सेटमा भने माल्दिभ्सले केही चुनौती प्रस्तुत गरेको थियो। तर, नेपालले २५–२० ले खेल आफ्नो पक्षमा पार्यो।











-1785038983464.webp&w=3840&q=75)



