साबित विजेता इरानको लगातार दोस्रो जित
आइतबार, १० जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। साबित विजेता इरानले काभा महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
जितसँगै इरानले ६ अंक जोड्दै सेमिफाइनल सम्भावना लगभग पक्का गरेको छ। श्रीलंका भने अंकविहीन छ।
इरानले पहिलो सेटदेखि नै श्रीलंकालाई दबाबमा राखेको थियो। उसले २५–१६, २५–१३ र २५–११ ले खेल आफ्नो पक्षमा पार्यो।
इरानले पहिलो खेलमा पनि बंगलादेशमाथि ३–० को सहज जित निकालेको थियो। श्रीलंका भने सोही सेटमा कजाकिस्तानसँग पराजित भएको थियो।











-1785038983464.webp&w=3840&q=75)



