जितको खोजिमा नेपाल
शनिबार, ०९ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। पहिलो जितको खोजिमा रहेको नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा शनिबार किर्गिजस्तानसँग खेल्दैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह्र ५ बजेबाट सुरु हुनेछ। नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।
किर्गिजस्तानले भने पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।











-1785038983464.webp&w=3840&q=75)



