इरानको सानदार सुरुआत
शुक्रबार, ०८ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। साबित विजेता इरानले काभा महिला भलिबल च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा इरानले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
जितसँगै इरानले ३ अंक जोडेको छ। बंगलादेशले भने हारबाट प्रतियोगिता सुरुआत गरेको छ।
इरानले तीनवटै सेट सहजै जितेको थियो। उसले २५–६, २५–९ र २५–१० ले जित्यो।











-1785038983464.webp&w=3840&q=75)



