कराते वान प्रिमियर लिग खेल्दै एरिका
मंगलबार, २४ चैत्र २०८२खेलपाटी संवाददाता
-1775576795965.jpeg&w=3840&q=75)
काठमाडौं। करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन्। त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दैछ।
अप्रिल १० देखि १२ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। गत जनवरीमा टर्कीको इस्तानुबलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन्। प्रिमियर लिग वर्षमा ४ पटक हुन्छ।
राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११ औं स्थानमा छिन्। सन् २०२६ को उपलब्धीका आधारमा भने एरिका तुम धी युके एसोसिएनकी सद्भावना दूत एरिका चौथो वरीयतामा छिन्।
तीन सदस्यीय टोलीमा कुशल प्रशिक्षकको जिम्मेवारीमा छन्।














-1776781891908.jpeg&w=3840&q=75)
