आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

आइतबार, ०१ चैत्र २०८२खेलपाटी संवाददाता
सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। ‘हिमालयन क्वीन्स ग्याम्बिट’को दोस्रो संस्करणको उपाधि अधिवक्ता सदीक्षा आचार्यले जितेकी छन्। उनले थापाथाली चेस पार्कमा आइतबार सम्पन्न खेलमा अपराजित रहँदै ६.५ अंक बनाएर सफलता हात पारेकी हुन्।

स्वीस लिग प्रणालीको आधारमा सात चरणमा सञ्चालित ब्लिट्ज चेस प्रतियोगितामा सोनालिका सर्राफले पनि सदिक्षासमान ६.५ अंक बनाएकी थिइन्। बराबरी अंक भएपनि टाइब्रेकरको आधारमा पायोनियर एसोसिएट लकी सदीक्षाले उपाधि जितेकी हुन्। प्रिसियस अधिकारी र शुभश्री श्रेष्ठले पनि समान ६ अंक बनाए। तर, टाइब्रेकरको आधारमा अगाडि रहँदै प्रिसियस तेस्रो भइन्।

प्रकृति न्यौपाने (५.५ अंक), अस्मिता दाहाल (५.५), मेघना अधिकारी (५) र आरती राई (५) ले शीर्ष आठमा रहँदै पदक हात पारे। त्यस्तै, यू ७ मा रुथ्वी सिंह (४ अंक), यू १० मा संगीता दास (४.५), यू १३ मा सुप्रिया खत्री (५), यू १६ मा गृष्मा पौडेल (५) र ४० वर्षमाथि शिवांगी नाथ (५ अंक) पहिलो स्थानमा रहे।

स्कुलतर्फको उपाधि मार्भलस इंग्लिस बोर्डिङले जित्यो। उसले शीर्ष तीन खेलाडीको मूल्यांकनको आधारमा आठ अंक बटुल्दै ट्रफी जितेको हो। ग्रिनल्यान्ड इन्टरनेसनल स्कुल पाँचअंकसहित उपविजेता भयो। श्री पञ्चकन्या आधारभूत विद्यालय चार अंक बनाएर तेस्रो स्थानमा रह्यो।

विश्व बुद्धिचाल महासंघको फिडे वुमेन्स कमिसन फर चेसले मार्च महिनामा ‘फिडे वुमेन्स चेस म्याराथन’ सञ्चालन गरिरहेको छ र त्यसैअन्तर्गत हिमालयन चेस एकेडेमीले नेपालमा हिमालयन क्वीन्स ग्याम्बिट आयोजना गरेको हो, जसमा ६ वर्षदेखि ४७ वर्षसम्मका एक सय तीन खेलाडी सहभागी थिए। रोयल सिंगी होटलमा शनिबार दोस्रो वार्षिकोत्सव मनाएको हिमालयन चेस एकेडेमीले क्वीन्स ग्याम्बिटसँगै क्लासिकल, र्यापिड, ब्लिट्ज र पजल सोल्भिङ गरी कुल १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ।

विजेता खेलाडीहरूलाई ट्रफी, मेडल तथा पुरस्कार हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सिर्जना श्रेष्ठ, थापाथाली चेस पार्कका अध्यक्ष सानुराज वज्राचार्य र २०४५ सालका राष्ट्रिय बुद्धिचाल च्याम्पियन नवीन तन्डुकारले प्रदान गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित