भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक
बुधबार, २७ फाल्गुण २०८२खेलपाटी संवाददाता
-1773230362276.jpg&w=3840&q=75)
काठमाडौं। म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाएको छ।
म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याएको भन्दै समितिले शालिक निर्माण गरेको हो। उक्त शालिक बुधबार अनावरण गरिएको हो।
उनको नेतृत्वमा नेपालले एभीसी सिनियर महिला सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा महिला नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्नेलगायत थुप्रै उपलब्धि हात पारेको छ।
सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश गरेकी शाही डेढ दशकभन्दा बढी समयदेखि भलिबल खेलमा सक्रिय छिन्। उनले गण्डकी प्रदेश टिमको कप्तानीसमेत गरिसकेकी छन्।















