हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा
आइतबार, २५ माघ २०८२खेलपाटी संवाददाता

काठमाडाैं। नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।
माल्दिभ्सको मालेस्थित शोसल सेन्टस इन्डोर हलमा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई कुनै मौका नदिई ३–० को सोझो सेटमा पराजित गर्यो।
पहिलो सेटमा २५–१९ ले सहज जित निकालेको पुलिसले दोस्रो सेटमा भने कडा प्रतिस्पर्धा सामना गर्यो। हुर्राले अन्तिमसम्म चुनौती दिए पनि पुलिसले २६–२४ ले सेट आफ्नो पक्षमा पार्दै खेलमाथि नियन्त्रण कायम राख्यो।
तेस्रो सेटमा पुनः आक्रामक लय समातेको पुलिसले २५–१६ को जित निकाल्दै खेल समाप्त गर्यो। यो जितसँगै पुलिस क्लब अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग भिड्नेछ।
प्रतिस्पर्धात्मक मानिएको यो खेल सोमबार हुनेछ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

