दोस्रो खेलमा पुलिस पराजित
शनिबार, २४ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौँ। काभा वुमन्स क्लब भलिबल लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ।
माल्दिभ्सको मालेमा शुक्रबार सम्पन्न खेलमा पुलिस इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा हार बेहोर्न बाध्य भयो।
पहिलो सेटमा पुलिस २५–१४ र दोस्रो सेटमा २५–१५ ले पराजित भयो। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा भने पुलिसले केही सुधारिएको प्रदर्शन गरे पनि २५–१८ ले हार्दै जारी प्रतियोगितामा पहिलो हार व्यहोरेको हो।
यो जितसँगै फौलादले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।











-1770375849820.jpg&w=3840&q=75)



